Kathmandu Press

ओलीको मन्दिर राजनीति सफल हुँदैन : प्रचण्ड 

भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले पत्रकारहरुसँग कुरा गर्दै पुरातत्व अन्वेषणबाट त्यो प्रमाणित भयो भने आफू धेरै खुशी हुने बताएका हुन् । 
ओलीको मन्दिर राजनीति सफल हुँदैन : प्रचण्ड 

चितवन, फागुन ४ : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र माडीमा राम जन्मिएको भए खुशी हुने बताएका छन् । 

भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले पत्रकारहरुसँग कुरा गर्दै पुरातत्व अन्वेषणबाट त्यो प्रमाणित भयो भने आफू धेरै खुशी हुने बताएका हुन् । 

‘मेरै निर्वाचन क्षेत्रमा राम जन्मिएको हो भन्ने पुष्टि भयो, त्यसलाई स्थापित गर्न सकियो भने नेताहरूमध्ये सबैभन्दा खुसी मेरै भागमा पर्छ नि त’, उनले भने, ‘म त्यसको किन विरोध गर्ने? प्रचण्ड सिध्याउन त्यो ल्याएँ भन्ठान्नुभएको छ उहाँ, प्रचण्ड त झन् खुसी हुन्छ नि आफ्नो निर्वाचन क्षेत्रमा अयोध्या र राम जन्मिएको प्रमाणित भएमा।’

प्रचण्डले राम मन्दिरको कुरामा राजनीति गरेर प्रचण्ड सिध्याउने अभियान चलाउँछु भन्ठाने ओली आफैं खाल्डोमा पर्ने बताए।

गत माघ १७ गते चितवनमा गरिएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्यापुरी हो भनेका थिए । 

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्