काठमाडौंमा बम विष्फोटले मारिएका विप्लव समूहका कमाण्डर
काठमाडौं, जेठ १३ : नेकपा विप्लव समूहले काठमाडौंमा भएको बम विस्फोटमा मारिने चारै जना आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ।
सोमबार साँझ पार्ट....
काठमाडौं, जेठ १३ : नेकपा विप्लव समूहले काठमाडौंमा भएको बम विस्फोटमा मारिने चारै जना आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ।
सोमबार साँझ पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै विस्फोटमा चार जना महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको बताएका छन्।
मारिनेमध्ये एक जना जनमुक्ति सेनाका कमाण्डर भएको विज्ञप्तिमा बताइएको छ। ती कमाण्डर को हुन् भन्नेबारे भने विज्ञप्तिमा खुलाइएको छैन।
‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत प्राप्त गरेका छन्’ विज्ञप्तिमा भनिएको छ।
विप्लवले काठमाडौंमा विष्फोट भएर आफ्ना कार्यकर्ताको कसरी निधन भयो भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउने पनि बताएको छ। विज्ञप्तिमा यी सबैको मुख्य दोषी सरकारको फासीवादी दमन भएको उल्लेख गरिएको छ।
प्रहरीले भने बम बिस्फोट हुँदा सुकेधारामा कालिकोटका विभुराम भन्ने दिपेश विक, दाङका गोकुल रानामगर र एक जना ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको जनाएको छ। घट्टेकुलोमा भएको बिस्फोटमा भने प्रज्वल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
याे पनि : ‘देशै परिवर्तन गर्छु भन्थ्यो, अनाहकमा आफैँ गयो’






