प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीको बहस सुरू
काठमाडौं, फागुन ४ : प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा एमिकस क्युरीको बहस सुरु भएको छ । संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस सुरू गरेका छन्...
काठमाडौं, फागुन ४ : प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा एमिकस क्युरीको बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस सुरू गरेका छन् ।
संवैधानिक इजलासलाई राय सुझाव दिन सर्वोच्च बार र नेपाल बारबाट ५ सदस्यीय एमिकस क्युरी गठन गरिएको छ । एमिकस क्युरीलाई बहस गर्नका लागि इजलासले समय तोकेको छैन।
इजलासमा सबैको सहमति नभएपछि विषयवस्तु अनुसार समय केन्द्रित भएर अघि बढ्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आग्रह गरेका छन् ।
प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











