बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, फागुन ४ : नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० ले वृद्धि भएको छ ।
सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । महासंघका अनुसार सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएकोे छ ।
प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
