Kathmandu Press

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको कदमविरुद्ध आज ७७ जिल्लामा कांग्रेसका जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा...
सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको कदमविरुद्ध आज ७७ जिल्लामा कांग्रेसका जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएकाप्रति आभार व्यक्त गरेका छन्।

सभापति देउवाले आज विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य र सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवालाई बधाई ज्ञापन गरेका छन्। साथै उनले कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन्।

सभापति देउवाले प्रदर्शनले प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा देखिएको अकर्मन्यता र कुशासनका विरुद्ध जनभावना अभिव्यक्त भएको समेत उल्लेख गरेका छन्।

प्रकाशित मिति: २१:३१ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्