Kathmandu Press

विदेशमा रहेका बागलुङ बिहुँकोटका बासिन्दा संगठित

लन्डन, फागुन ३ : बागलुङको बिँहुकोट (हाल काँठेखोला गाउँपालिका-५ र ६) बाट रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा विदेशमा रहेकाहरू संगठित भएका छन्।
विदेशमा रहेका बागलुङ बिहुँकोटका बासिन्दा संगठित

लन्डन, फागुन ३ : बागलुङको बिँहुकोट (हाल काँठेखोला गाउँपालिका-५ र ६) बाट रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा विदेशमा रहेकाहरू संगठित भएका छन्।

उनीहरूले बिहुँकोट अन्तर्राष्‍ट्रिय समाज नामक साझा संस्था गठन गरेका छन्। यसअघि घोषित ५१ सदस्यीय तदर्थ समिति विस्तार गर्दै बिहुँकोट समाज जापानका निवर्तमान अध्यक्ष देवीलाल सुवेदीको संयोजकत्वमा एक सय १३ सदस्यीय ‘बिहुँकोट अन्तर्राष्‍ट्रिय समाज मुल समिति’ गठन गरिएको छ।

बिहुँकोट समाज जापान, बिहुँकोट हेल्प नेटवर्क बेलायत, बिहुँकोट हेल्प नेटवर्क पोर्चुगल, बिहुँकोट अस्ट्रेलिया समाजलगायतको पहलमा संस्था स्थापना भएको हो।

हालै सम्पन्‍न भेलाले सुवेदीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा प्रेम कँडेल (बेलायत), उपाध्यक्ष प्रकाश कँडेल (अमेरिका), उपाध्यक्ष विकास सापकोटा (अस्ट्रेलिया), महासचिव शिवलाल कँडेल (जापान), सचिव रमेश कँडेल (पोर्चुगल), सचिव जुना निउरे सापकोटा (बेलाय), कोषाध्यक्ष दीपक कँडेल (जापान), सह-कोषाध्यक्षमा भागीरथी कँडेल (पोर्चुगल) चयन भएका छन्।

सदस्यहरूमा बेलायतबाट शेखर कँडेल, दयानिधि सापकोटा, गंगा कँडेल, शिव कँडेल, पोर्चुगलबाट टंक कँडेल, दीपक कँडेल, अमेरिकाबाट डा. युधिष्‍ठिर कँडेल, जापानबाट अशोक शर्मा गोपाल, महेन्द्रप्रसाद कँडेल, अनन्त रिजाल, घनश्याम कँडेल र स्पेनबाट खिमानन्द कँडेल छन्। बिहुँकोट अन्तर्राष्‍ट्रिय समाजमा सात सयभन्दा बढी साधारण सदस्य छन्।

बिहुँकोटको धार्मिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा सहयोग पुर्‍याउँदै त्यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्‍य संस्थाको छ।
 

प्रकाशित मिति: १९:११ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्