छ वर्षमाथिको साक्षरता दर ८५ प्रतिशत पुगेकाे सरकारकाे दाबी
काठमाडौँ, फागुन ३ : सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत...
काठमाडौँ, फागुन ३ : सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खुद भर्नादर ९२.३ प्रतिशतबाट वृद्धि भई ९३.४ प्रतिशत पुगेको छ भने माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्नादर ४३.९ प्रतिशतवाट ४७.६ प्रतिशत पुगेको छ ।
छ वर्षमाथिको साक्षरता दर ७८ प्रतिशतबाट ८५ प्रतिशत पुगेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी)अन्तर्गत सञ्चालित शिक्षालय २९२ स्थानीय तहमा पुगेका छन् । यस्ता शिक्षालयको सङ्ख्या ५७० बाट एक हजार ४२ पुगेको छ । तीन शिक्षालयबाट ६५ हजार ४९७ जनाले तालीम प्राप्त गरेको सरकारले जनाएको छ ।
प्रकाशित मिति: १९:०४ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











