क्लासिक टेकको धमाकेदार अफर सार्वजनिक, ब्रान्ड एम्बेस्डरमा नाजिर
काठमाडौं, फागुन ३ : नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ब्रान्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । ...
काठमाडौं, फागुन ३ : नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ब्रान्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । अभिनेता हुसैनसँगको सम्बन्धले कम्पनीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ।
कम्पनीले ब्रान्ड एम्बेस्डर नियुक्तिसँगै ‘धमाकेदार अफर’ पनि सार्वजनिक गरेको छ । अफर सबैभन्दा सस्तो र राम्रो रहेको कम्पनीको दाबी छ।
अफरअन्तर्गत ७९९ रुपैयाँमा प्रतिमहिना २० एमबिपिएसको इन्टरनेट सेवा प्रदान गरिनेछ । जसमा ग्राहकले इन्टरनेट र आइपिटिभी टिभीका १५० ओटा च्यानल निःशुल्क प्राप्त गर्नेछन्।
कम्पनीका प्रमुख मार्केटिङ अफिसर विनयकुमार अधिकारी भन्छन्, ‘यति सस्तो अर्थात् ७९९ रुपैयाँमा २० एमबिपिएसको उच्च स्पिड इन्टरनेट सेवा नेपालका सबै ग्राहकले उपयोग गर्न सक्नेछन् । अब क्लासिक टेकको इन्टरनेट हरेक घरमा हुनेछ।’
प्रकाशित मिति: १८:५७ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
