Kathmandu Press

प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबार एमिकस क्युरीको राय पेस

काठमाडौं, फागुन ३ :  प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबार एमिकस क्युरीले राय पेस गर्ने भएको छ ।  आज रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएकाले मंगलबार...
प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबार एमिकस क्युरीको राय पेस

काठमाडौं, फागुन ३ :  प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबार एमिकस क्युरीले राय पेस गर्ने भएको छ ।  आज रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएकाले मंगलबार एमिकस क्युरीले राय पेस गर्ने भएको हो। 

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्।

एमिकस क्युरीले राय पेस गरेपछि प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिनेछ र संवैधानिक इजलासले फैसलाकाे मिति ताेक्नेछ ।
 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्