Kathmandu Press

थप १२२ जनामा कोरोना संक्रमण पुष्टि 

 सोमबार ३५४१ मा पिसिआर गर्दा १२२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 
थप १२२ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, फागुन ३ :  नेपालमा थप १२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

 सोमबार ३५४१ मा पिसिआर गर्दा १२२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ।

अहिलेसम्म कोरोना निको हुनेको दर ९८.७ प्रतिशत पुगेको छ।

प्रकाशित मिति: १६:५० बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्