Kathmandu Press

मूर्तिकलामा रमाउँदै युवा

कटहरी–१ स्थित बहालमा लिएको खाली जग्गामा आफ्नो तीन जना भारतीय सहयोगीका साथ निर्माण गरिरहेका पण्डितले  एउटा मूर्तिको न्यूनतम रु एक हजार ३०० देखि तीन हजारसम्म पर्ने बताउँछन् ।
मूर्तिकलामा रमाउँदै युवा

मोरङ, फागुन ३ : माटाका मूर्ति बनाउने पेशाप्रति युवाहरुको आकर्षण वृद्धि  भएको छ  । यही फागुन ४ गते हुने बसन्तपञ्चमी(सरस्वती) पूजाको लागि आवश्यक पर्ने मूर्तिहरु निर्माणका कार्यमा बुबाकै पेशमा छोराहरु पनि साथ दिइरहेका छन् । मोरङको विभिन्न विद्यालय तथा सार्वजनिक स्थानमा धुमधामसँग मनाइने सरस्वती पूजाका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा युवाहरुको सङ्लग्नता उल्लेखनीय रुपमा देखिन्छ ।

सीपमा पोख्त मूर्ति कलाकारले मानिसहरुले रोजे अनुसारका मूतिहरु बनाउँछन् र बिक्री गर्छन । यस पेशा बाह्रै महिना नचलेपनि चाडपर्वका बेला र खासगरी बशन्तपञ्चमीमा मनाईने सरस्वती पूजाका लागि मूतिहरु अत्यधिक बिक्री हुन्छन् । यसबाट राम्रो आम्दानी हुन थालेपनि सिल्पकारका सन्तानहरु पनि यसैमा आवद्ध हुन थालेको पाइएको छ ।

श्रम धेरै र लागत कम लाग्ने यस व्यावसायका मानिसहरुले माटो सङ्कलन गर्छन र त्यसमा भुस हालेर माटो मलेर मूर्ति बनाउँछन् । मूर्ति बनाउँदा सोही अनुसारको रङ्गरोगन गर्ने मूर्ति कलाकार मोरङको कटहरी गाउँपालिका –६ का  १७ वर्षिय प्रदीप यादवले जानकारी दिए । उनले  विगत पाँच वर्षदेखि बाबुले  मूर्ति बनाउने कार्यमा सहयोगीको रुपमा कार्य गरिरहेको र अहिले  राम्रो आम्दानी  आर्जन गर्नुका साथै  यस कार्यमा रमाइलो लागेको बताउँछन् । 

माध्यमिक शिक्षा परीक्षा  सम्पन्न गरेका उनले  मूर्तिकला विषय लिई  अध्ययन गर्ने र  उत्कृष्ट कलाकारका बन्ने सोच रहेको जानकारी दिए । 

उनका बुबा ४० वर्षीय शम्भु यादवले विगत १० वर्षदेखि मूर्ति बनाउने पेशामा संलग्न छन् । सुनसरीको इनरुवाका रहेका प्रवचन गुरु स्वर्गीय हन्सि दासको सहयोगीको रुपमा कार्य गरी यस कलामा दक्षता हासिल गरेको र अहिले आफैले मूति बनाएर बिक्री गर्ने गरेको उनी बताउँछन्  ।  

मोरङको कटहरी गाउँपालिका –४ नयाँ बजारमा वहालमा लिएको जग्गामा चार सहयोगीका साथ अहिले  सरस्वतीको मूर्ति निर्माणमा अन्तिम रुप दिइरहेका छन् ।  

मूर्ति निर्माणका लागि कच्चा पदार्थको रुपमा माटो, पराल, सुत्ली९सनपाटको डोरी०,काँटी, सनपाट, सजावटको कपडा, मुकुट, कपाल विभिन्न किसिमका रङ,नक्कली गहना आवश्यक पर्ने उनको भनाई छ ।

आवश्यक पर्ने कच्चा पदार्थ मध्ये बाँस, माटो, सुत्ली, काँटी र श्रम मात्र स्वदेशी रहेको अन्य सम्पूर्ण सामाग्री भारतको विहार तथा पश्चिम वङ्गगालबाट खरीद गर्नु पर्ने टड्कारो रहेको उनी बताउँछन्  । उनले कोरोना महामारीका कारण गत वर्षजस्तो यस वर्ष माग नरहेको जनाउँदै पहिला नै माग गरे अनुसार नै मूर्तिको निर्माण गरिरहेकोे जानकारी दिए । कोरोना सन्त्रासको कारण यसवर्ष सार्वजनिक स्थानमा युवाहरुले ठूलो उत्सवको रुपमा सरस्वती पूजा मनाउने कार्य नगरेकोले मूर्ति बिक्रीमा कमी आएको अनुभव उनले सुनाए ।    

उनले विभिन्न चाँड पर्व र उत्सवका लागि  सिमेन्ट तथा माटोको मूर्ति निर्माणका लागि स्थलगत रुपमा विराटनर,मोरङका सबै ग्रामीण क्षेत्र, सप्तरी, सुनसरी र झापामा गइ मूति बनाउने गरेको जानकारी दिए ।

उनले  कृष्ण जन्माष्टमी (भगवान कृष्ण)को, दशैंमा माता दुर्गाको, छठ, जितिया, भगवान अनन्त, भगवान विश्वकर्मा, एकादशीमा भगवान विष्णुको, सलेस, राम नवमी लगायतका  पर्वहरुमा मूर्ति बनाउनका माग आउने गरेको बताए । मूर्तिहरु रु दुई हजार ५०० सयदेखि रु आठ हजारसम्म रहेका छन् । मूर्तिका आकार अनुसार मेहनत अद्यावधिक लाग्ने हुनाले यसमा ७५ प्रतिशत मुनाफा हुने बताइएको छ ।  उनको मूर्ति निर्माण स्थलमा विगत छ वर्षदेखि रङ्ग भर्ने कार्य गरिरहेका १९ वर्षिय अजय सरदारले  यस कार्यबाट आफूलाई पारिश्रमिक र आम्दानी राम्रो भइरहेको जानकरी दिए ।

विगतमा नगरमा रहेका १९ वडामा धुमधामका साथ मनाइने सरस्वती पूजाका लागि युवा तथा विद्यार्थीहरुले उठाउने सरस्वती पूजाको चन्दा समेत लिन नआएको एक व्यावसायीले बताए । औषधिको थोक बिक्रेता विराटनगर–१० का राजेशसिंह डङ्गोलले विगतका वर्षमा चन्दा माग्नेको एक महिना अगाडिदेखि नै चाप हुने गरेकोमा यस वर्ष शून्य रहेको जानकारी दिए ।

नगर क्षेत्रमा पुजाको दिन ५०० मिटरको दूरीमा साउण्डसिस्टमबाट ठूलो आवाजका साथ नेपाली र हिन्दी गीत बजाउँदै टेण्टमा यूवाहरुहरुको बिहानदेखि नै ठूलो भीड लाग्ने गरेकोमा यस वर्ष न्यून रहेको पाइएको छ । 

यस्तै भारतको अररिया जिल्ला फारबिसगञ्जका भारतीय नागरिक टुनटुनकुमार पण्डितले  विगत पाँच वर्षदेखि मूर्ति बनाउने कार्य गरिरहेको जनाउँदै आफुनो बाबुबाट यो सीप सिकेको जानकारी दिए । उनले साँचोमार्फत मूर्तिको आकृति निर्माण गरी अन्य कार्य हातले गर्ने गरेको र एउटा मूर्ति पूर्ण रुपमा तयार गर्न दुई दिन लाग्ने बताए ।

कटहरी–१ स्थित बहालमा लिएको खाली जग्गामा आफ्नो तीन जना भारतीय सहयोगीका साथ निर्माण गरिरहेका पण्डितले  एउटा मूर्तिको न्यूनतम रु एक हजार ३०० देखि तीन हजारसम्म पर्ने बताउँछन् ।

मूर्ति निर्माणमा श्रृङ्गार लगायतका अधिकांश सामाग्री  भारतबाट खरीद गर्नुपर्ने बाध्यता रहेको जानकारी दिदैँ यसवर्षको पूजाको लागि ७० वटा मूर्ति निर्माण गरेको र यो सम्भवतः आजै सबै बिक्री हुने बताए । पण्डितले विगतमा सिकर्मी थिए तर अहिले राम्रो मूर्तिकार भएका छन् ।

जय माँ काली मूर्ति कला केन्द्र विराटनगर– ३ का ७८ वर्षिय बङ्गाली भाषी नेपाली दिनेशचन्द्र महतोका १० को परिवार यसैको माध्यमबाट चलिरहेको छ । उनले गएको वर्षमा १०० वटा मूति अहिलेको सिजनमा बिक्री गरेको थिए तर यवर्ष व्यापारमा केही कमी आएको स्वीकारे । केन्द्रमा सरस्वतीको मूर्ति रु २०० देखि रु पाँच हजार ५०० सम्मको ९५ वटा बिक्रीका लागि निर्माण गरेको जानकारी दिए ।    

मूर्ति निर्माण कार्यमा  स्वदेशी युवाहरुलाई दक्षता प्रदान गर्न तालीमको व्यवस्था सरकारले गरेमा विदेशी मूर्तिकलाकार स्वतः नियन्त्रण हुने बताइएको छ । साथै यसक्षेत्रमा धेरै रोजगारी सिर्जना सकिन्छ । रासस

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्