Kathmandu Press

६ सय ग्राम पहेँलो धातुसहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं, फागुन ३ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ६ सय ग्राम पहेँलो धातुसहित काभ्रेपलान्चोकका  ३१ वर्षीय राजीव लामा आइतबार राति...
६ सय ग्राम पहेँलो धातुसहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं, फागुन ३ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ६ सय ग्राम पहेँलो धातुसहित काभ्रेपलान्चोकका  ३१ वर्षीय राजीव लामा आइतबार राति पक्राउ परेका छन् ।

दुबईबाट काठमाडौं आएका उनलाई जाँच गर्नेक्रममा ब्यागभित्र लाइटमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनलाई लिन आएका अन्य ३ जनालाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्