बम पड्काउने आतंककारीलाई सोध्न चाहन्छु माग के हो?: प्रधानमन्त्री ओली
ललितपुर, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन्।
राष्ट्रिय ....

ललितपुर, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका हुन्। ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो?,’ उनको प्रश्न थियो।
प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गरे। उनले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताए। विप्लव समूहको उद्देश्य पैसा उठाउनेबाहेक केही पनि नभएको प्रधानमन्त्री ओलीको भनाइ छ।
नेपाललाई अशान्तितिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्री ओलीको चेतावनी थियो। प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने स्पष्ट पारे। मानवअधिकारलाई एउटा पक्षबाट मात्रै हेर्न नमिल्ने बताउँदै उनले विभिन्न पक्षबाट हेर्नुपर्नेमा जोड दिए।











