वैशाखमा चुनाव हुन्छ : प्रधानमन्त्री
काठमाडौं, फागुन ३ : आगामी वैशाखमा चुनाव भएरै छाड्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।‘कतिपयले वैशाखमा चुनाव हुन्छ र भन्ने गरेको सुनेको छु,’ उनले...
काठमाडौं, फागुन ३ : आगामी वैशाखमा चुनाव भएरै छाड्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।
‘कतिपयले वैशाखमा चुनाव हुन्छ र भन्ने गरेको सुनेको छु,’ उनले भने, ‘हुन्छ, चुनाव हुन्छ ।’ प्रधानमन्त्रीले १७ वैशाखमा प्रदेश–२, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा चुनाव हुने उनले बताए । यस्तै, २७ वैशाखमा प्रदेश–१, वागमती र कर्णालीमा चुनाव हुने बताए ।
पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लामा चुनाव हुने उनले बताए । ‘आफैँले आयोगमै गएर चुनावको तयारीबारे प्रत्यक्ष जानकारी लिएको छु, चुनाव हुन्छ,’ उनले भने ।
प्रकाशित मिति: १३:२८ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











