लिखित जवाफ दिन चारजना पूर्वप्रधान न्यायाधीशहरू पुगे सर्वोच्च
पूर्वप्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार मध्यान्ह अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च पुगेका हुन् ।काठमाडौं, फागुन ३ : चारजना पूर्वप्रधान न्यायाधीशहरू लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका छन् ।
पूर्वप्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार मध्यान्ह अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च पुगेका हुन् ।
अदालतमा विचाराधीन विषयमा चारजना पूर्वप्रधान न्यायाधीशहरूले विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
सर्वोच्चले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो ।
प्रकाशित मिति: १३:०८ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











