Kathmandu Press

देवेन्द्र पौडेलले भने–सांसदको नाक जोगाउन पनि १० करोड दिनुपर्छ

काठमाडौं, जेठ १३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांस....

देवेन्द्र पौडेलले भने–सांसदको नाक जोगाउन पनि १० करोड दिनुपर्छ

काठमाडौं, जेठ १३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने बताएका छन्।

पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नै सांसदहरुलाई दश करोड बजेट दिनुपर्ने माग गरे। सांसदहरुले पैसा मागेको भनेर बाहिर बद्नाम गराउने काम भएको भन्दै उनले त्यसमा गुनासो पोखे।

सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा नेता उनले भने,‘यो कार्यक्रम सांसदहरुले ठग्नका लागि बनाइएको कार्यक्रम होइन, जनताले माग गरेका योजना दिनुपर्छ भन्ने हाम्रो कुरा हो। दश करोड आउने भयो भने स्वागतयोग्य कुरा हो। निर्वाचित र समानुपातिक दुबै  सांसदलाई बराबरी दिनुपर्छ। म सांसदलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा छु।’

यद्यपि सांसदले बेइमानी गर्छ भने सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्ने उनको धारणा छ। उनले भने,‘बरु सरकारले बजेटको निगरानी गरोस्, हामीले एउटा नोटपनि देख्नु नपरोस, तर दश करोड पैसा सांसदहरुलाई दिनुपर्छ।’ उनले सांसदहरुको नाक जोगाउनको लागि पनि दश करोड बजेट दिनुपर्ने जिकिर गरे। 
 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, जेठ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्