Kathmandu Press

कोरोनाका कारण बेलायतमा थप दुई नेपालीको मृत्यु

कोरोनाका कारण बेलायतमा थप दुई नेपालीको मृत्यु

काठमाडौं, फागुन ३ : कोरोना भाइरस संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । 

कोरोना संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ ।अहिले सम्म २१ वटा देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । जसमध्ये ५८ हजार ४ सय ३२ जना निको भईसकेका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
 

प्रकाशित मिति: ११:३६ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्