सुकेधारा बम विस्फोटः मृतक तीनै जना विप्लवका कार्यकर्ता
काठमाडौं, जेठ १३ : काठमाडौंको सुकेधारामा भएको बम विस्फोटमा परी ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ।
आइतबार अपरान्ह सुकेधारास्थित स....
काठमाडौं, जेठ १३ : काठमाडौंको सुकेधारामा भएको बम विस्फोटमा परी ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ।
आइतबार अपरान्ह सुकेधारास्थित सैलुनमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो। मृतक तीन जनाकै सोमबार पहिचान खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बम विस्फोटमा परी ज्यान गुमाउनेमा कालिकोटका अन्दाजी २७ वर्षीय दिपेश विक, दाङको बबई गाउँपालिकाका अन्दाजी ३२ वर्षीय गोकुल रानामगर र ठेगाना खुल्न नसकेका निरन्तर मल्ल रहेको छन्।
उनीहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको पनि खुलेको प्रहरीले जनाएको छ। सैलुनभित्र बम बनाउँदै गर्दा एक जनाको घटनास्थलमै र बाँकी दुई जनाको चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
याे पनि : ‘देशै परिवर्तन गर्छु भन्थ्यो, अनाहकमा आफैँ गयो’






