कोरोनाकालमा घ्राण शक्तिमा ह्रास
सार्स–कोभ–२ को प्रसारका कारणले महामारीजस्तै अर्को रोग एनोसमिया फैलिएको छ, जो सुँघ्ने शक्तिमा ह्रास हो । अनुसन्धानकर्ताले कोभिड–१९ का पाँच बिरामीमध्ये चारजना आंशिक...सार्स–कोभ–२ को प्रसारका कारणले महामारीजस्तै अर्को रोग एनोसमिया फैलिएको छ, जो सुँघ्ने शक्तिमा ह्रास हो । अनुसन्धानकर्ताले कोभिड–१९ का पाँच बिरामीमध्ये चारजना आंशिक वा पूर्ण रूपमा सुँघ्ने शक्ति गुमाउने समस्याबाट ग्रस्त हुने अनुमान गरेका छन् । यो अवस्थालाई एनोसमिया भनेर चिनिन्छ । धेरैमा अरू कुनै लक्षण हुँदैन । यो नाकको समस्यासँग सम्बन्धित छैन । यो सबै हाम्रो स्नायु प्रणालीमा कोरोना भाइरसले फैलाएको भ्रम मात्र हो ।
धेरै बिरामी यो समस्याबाट चाँडै निको हुन्छन् । पहिलेभन्दा सुँघ्ने शक्ति कम हुनु हाइपोस्मिया हो । हरेक चिजको गन्ध गलत आउँछ भने त्यसलाई पारोसमिया भनिन्छ । पत्नीको गन्ध अचानक अपरिचित व्यक्तिकोजस्तो आउने, रक्सी र ढल कफीजस्तै गन्ध आउनुलाई पारोसमिया भनिन्छ । कतिपयमा घ्राण शक्ति फर्किँदैन । विश्वव्यापी रूपमा पहिले त्यस्तो समस्या भएका व्यक्ति लाखौं पुगिसकेका छन् ।
हामी अरू इन्द्रियको तुलनामा नाकलाई कम वास्ता गर्छौँ । सायद, सोही कारण हामीले यसको अनुसन्धानका लागि कम पैसा खर्चेका छौं । र, परिणामस्वरूप यसको बारेमा थोरै मात्र थाहा छ । ब्रिटिस राइनोलोजिकल सोसाइटीका अध्यक्ष क्लेयर हकिन्सका अनुसार सुन्ने शक्तिको तुलनामा सुघ्ने शक्तिको विज्ञान अझै पनि ढुंगे युगमा छ । तर, त्यो परिवर्तन हुन सक्छ ।
हकिन्सले गत मार्चमा ‘सुँघ्ने शक्तिमा कमि आउनु नै कोभिड–१९ संक्रमणको संकेत’ शीर्षकक समाचारमा सहलेखिकाको भूमिका वहन गरेकी थिइन् । संसारभरका मानिसले उनको अनौठो शीर्षकको समाचारप्रति असीमित प्रतिक्रिया दिएका थिए । एक वर्षभन्दा कम समयमै गन्ध थाहा नपाउने समस्या चिकित्सा क्षेत्रको सबैभन्दा चल्तीका दृश्यमध्ये एक बन्यो ।
केमोसेन्सरी रिसर्चका लागि अब एक विश्वव्यापी संघ पनि छ, जहाँ ६० भन्दा बढी देशका वैज्ञानिकहरू कोभिड र गन्धको विषयलाई जरैदेखि निर्मुल पार्न सहकार्य गरिरहेका छन् । तन्त्रिकाअनुसार नाम हाम्रो मुख्य इन्द्रिय हो । सुगन्ध हाम्रो नाकबाट सीधै मस्तिष्कमा पुग्छ । त्यसविपरीत दृष्टि, श्रवणशक्ति र स्पर्शले केही अतिरिक्त काम गर्नुपर्छ । त्यसैगरी स्वादले काम गर्छ तर प्रायः हाम्रो स्वादको अनुभव पहिलो स्थानमा हाम्रो श्रवणशक्तिको उपज हो । ब्रह्माण्डमा श्रवणशक्ति प्रशस्त हुनाले हामीसँग त्यसलाई वर्णन गर्न पर्याप्त शब्द छैनन् ।
केवल हावाको झोंकाले पहिल्यै पुरिएका खुसी र दुःखका यादहरू बाहिर निकाल्छ । यसले हाम्रो र कसैको प्रतिरक्षा प्रणाली आफ्नै जस्तै छ वा धेरै फरक छ भन्न सक्छ । यसमा हामी यौन आकर्षण महसुस गर्न सक्छौँ । यसले फेरोमोन लिन्छ जसले डर, आक्रामकता, प्रेम वा घनिष्ठतालाई हाम्रो मस्तिष्कले एउटा सानो सोच ल्याउनुअघि नै उब्जाइदिन्छ ।
श्रवणशक्ति गुमेपछि मात्र मानिसले आफनो जैविक, मनोवैज्ञानिक र भावनात्मक अस्तित्वमा यसलाई प्रधान भूमिकामा पाउँछ । धेरै रोगीले आफ्नो भोक, आत्मविश्वास, कामवासना र मानिससँगको सम्र्पक गुमाउँछन् । केही डिप्रेसनमा पर्छन् । एनोसमियाचाहीं पारोसमियाभन्दा नराम्रो हुन सक्छ । हकिन्सका अनुसार यसले मानिसलाई निश्कृय पार्ने, इच्छाशक्ति मर्ने र विरक्त लाग्ने बनाउँछ ।
विपरीत अवस्थालाई हाइपरोसमिया भनिन्छ, जो अस्तित्वमा छ । स्कटल्यान्डकी अवकाशप्राप्त नर्स जोय मिलनेलाई कुकुरको गन्ध मनपर्छ । उनी रोगहरू पनि सुँघ्न सक्छिन् । अल्जाइमरको गन्ध उनलाई राइटाको रोटीजस्तै, मधुमेह नेल पालिसजस्तै, क्यान्सर च्याउजस्तै गन्ध आउँछ । यसरी उनले पार्किन्सनका कारणले मृत्यु हुनु दशकअघि आफ्नो पतिको रोग पत्ता लगाएकी थिइन् । उनको पतिको गन्ध बैजनी रंगमा परिवर्तन भएको थियो । जब कि, उनी त्यसलाई खैरो रंग भएको बताउँथिन् । उनी केवल नाकले मानिसको सर्टको टुक्रामा सुँघेर अन्य मानिसमा पार्किन्सन रोग छ वा छैन भन्ने कुरा सुँघ्न सक्छिन् । उनी हाल म्यान्चेस्टरमा अनुसन्धानकर्तालाई डायग्नोस्टिक टेस्ट सिर्जना गर्न मद्दत गर्दैछिन् ।
तर, दुर्भाग्य– गन्धको प्रमुख शक्तिलाई मान्यता दिने कुरामा विज्ञान धेरै पछाडि छ । तर, त्यसको तुलनामा कविता र साहित्यमा बढी यसको महत्व छ । प्याट्रिक सुसकिन्डको ‘परफ्युम’को बारेमा सोच्नुहोस्, जो बारम्बार याद आउने एक मानिसको कथा, जससँग अलौकिक सुँघ्ने शक्ति छ, जसले उसलाई क्रमबद्ध हत्यामा पु¥याउँछ ।
तर महामारीलाई धन्यवाद ! हामी सबैले महसुस गर्यौँ– स्वस्थ सुँघ्ने शक्ति हाम्रो प्रकृतिमा निहीत छ र हाम्रो हितको लागि आवश्यक छ । कोभिड–१९ भन्दा अघि आफ्नो सुँघ्ने शक्ति गुमाएका व्यक्तिहरूले चिकित्सकबाट कम केयर पाउँथे वा आफ्ना प्रियजनबाट कमै सहानुभूति पाउँथे । हकिन्सको भनाइमा यसलाई खासै ठूलो समस्याको रूपमा लिइएन । फलस्वरूप यसले कष्ट अझ बढायो ।
त्यो अवस्था अब सकियो, जुन महामारीको सकारात्मक प्रभाव हो । अन्ततः एनोसमिया, हाइपोस्मिया र परोस्मिया गम्भीर रोगहरू र अध्ययनको लागि आशाजनक क्षेत्र बनेका छन् । भविष्यमा अनुसन्धानका लागि वैज्ञानिकले नयाँ क्षेत्र भेटेका छन् । त्यसैले यो महामारी विनाशको कारक मात्र होइन, वरदान पनि बनेको छ ।
ब्लुमबर्ग डट कमबाट