Kathmandu Press

वासिङ सेन्टरको फित्तामा लपेटिएर कामदारको मृत्यु

भक्तपुर, फागुन २ : भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरको फित्तामा लपेटिएर एक जना कामदारको मृत्यु भएको छ।वासिङ सेन्टरको फित्तामा...
वासिङ सेन्टरको फित्तामा लपेटिएर कामदारको मृत्यु

भक्तपुर, फागुन २ : भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरको फित्तामा लपेटिएर एक जना कामदारको मृत्यु भएको छ।

वासिङ सेन्टरको फित्तामा लपेटिएर दोलखाको भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाकी ३८ वर्षीया कमला केसीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिनभित्र घुम्ने फलामको रडमा लपेटिएर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको गिरीले बताए।

कम्पनीका सञ्चालक साजन पराजुलीले कमला अचेत भई लडिरहेको देखेर उपचारका लागि मध्यपुर अस्पताल लगेको बताए। अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भएको चिकित्सक उनको भनाइ छ।

 

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्