आज १०४ जना थपिए कोरोना संक्रमित, मृतक शून्य

काठमाडौं, फागुन २ : नेपालमा आज १०४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३ हजार ५०१ जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १३१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
त्यस्तै पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १९:१५ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











