सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा कुँवर
काठमाडौं, फागुन २ : सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर आज नियुक्त भएका छन् । न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन...
काठमाडौं, फागुन २ : सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर आज नियुक्त भएका छन् । न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिस्ट्रार पदमा सर्वोच्च अदालतका रजिस्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।
गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: १८:५२ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











