Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा भोलि पनि जवाफी बहस

काठमाडौं, फागुन २ : प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि भोलि पनि जवाफी बहस हुने भएको छ । बिहीबार प्रधानमन्त्री तथा सभामुखका तर्फबाट बहस सकिएपछि आजबाट जवाफी...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा भोलि पनि जवाफी बहस

काठमाडौं, फागुन २ : प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि भोलि पनि जवाफी बहस हुने भएको छ । 

बिहीबार प्रधानमन्त्री तथा सभामुखका तर्फबाट बहस सकिएपछि आजबाट जवाफी बहस सुरु भएको हो । आज नौ जना रिट निवेदक तथा कानुन व्यवसायीले बहस गरे ।

रिट निवेदकबाट जवाफ दिने क्रम सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठककाे राय लिइनेछ ।

प्रकाशित मिति: १८:३४ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्