Kathmandu Press

कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन    

काठमाडौं, फागुन २ : कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता थप दुई जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता...
कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन    

काठमाडौं, फागुन २ : कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता थप दुई जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुई जनाको निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणबाट निधन हुने नेपालीको संख्या ३३५  पुगेको छ ।     
     
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना संक्रममुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।     

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्