Kathmandu Press

वन क्षेत्रबाट  १४ अर्ब राजस्व संकलन  

काठमाडौं, फागुन २ :  सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा  ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजस्व संकलन गरेको छ...
वन क्षेत्रबाट  १४ अर्ब राजस्व संकलन  

काठमाडौं, फागुन २ :  सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा  ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजस्व संकलन गरेको छ । सरकारले सो राजस्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री, प्रदूषण नियन्त्रण शुल्क, जरिवाना र निजी तथा सामुदायिक वनवाट बिक्री भएका वन पैदावारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर आदिबाट संकलन गरेको हो ।     

त्यस्तै तीन वर्षको अवधिमा  जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल वन निगम र वन पैदावार विकास समितिद्वारा ३ अर्ब ७ करोड ४७ लाख ५८ हजार आम्दानी भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको २०७४ साल फागुन ४ गतेदेखि हालसम्मको प्रगति विवरणअनुसार वन संरक्षण तथा व्यवस्थापनका कार्य, वातावरण संरक्षणका कार्यक्रम र सामुदायिक विकासका कार्यक्रमबाट तीन करोड छ लाख श्रमदिन रोजगारी सिर्जना भएको छ ।     

यस अवधिमा देशैभरका २० संरक्षित क्षेत्रमा आठ लाख ८० हजार ३१० विदेशीसहित १५ लाख ८३ हजार ३४० पर्यटकले भ्रमण गरेका छन् भने सदर चिडियाखाना र राष्ट्रिय वनस्पति उद्यानमा ३४ लाख ६६ हजार ५२७ आगन्तुकहरूले भ्रमण गरेका छन् ।         


 

प्रकाशित मिति: १७:२१ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्