Kathmandu Press

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

विगत दुई दिनदेखि मौसममा आइरहेको फेरबदलका बाबजुद अहिले पश्चिमी वायु सक्रिय रहेकाले देशभर पूर्वदेखि पश्चिमी उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौं, फागुन २ : केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    
महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भागमा हुस्सु÷कुहिरो लागेको छ ।
    
महाशाखाका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभाव आगामी बुधबारसम्म कायम रहने जानकारी दिइन् । विगत दुई दिनदेखि मौसममा आइरहेको फेरबदलका बाबजुद अहिले पश्चिमी वायु सक्रिय रहेकाले देशभर पूर्वदेखि पश्चिमी उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम बदली भए पनि थोरै स्थानमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ ।
    
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानमा हल्का हिमपातको हुनेछ । उच्च पहाडी भेगमा थोरै क्षत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुनेछ । रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार प्रदेश नं १ मा आंशकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम आठ र अधिकतम तापक्रम २१ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: १४:१२ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्