सपनाले दिइन् विनयजंगविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं, फागुन १ : माग्दीकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । अश्लील अभिव्यक्ति दिएको भन्दे सपनाले विनयजंगविरुद्ध आइतबार...
काठमाडौं, फागुन २ : माग्दीकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । अश्लील अभिव्यक्ति दिएको भन्दे सपनाले विनयजंगविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् ।
बेवारिसे लास जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा समेत परेकी छिन् । सपना र विनयजंगबीच बाबुछोरीको जस्ताे सम्बन्ध रहेको बताइन्थ्यो । विनयजंगले सपनाविरुद्ध अश्लील अभिव्यक्ति दिएपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।
प्रकाशित मिति: १३:५२ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











