बजेट जेठ १५ गते ४ बजे, सभामुखले प्रतिनिधिसभा डाके जेठ १५ गते ६ बजे मात्र!
काठमाडौं, जेठ १३ : सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री युुवराज खतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम २०७६ जेठ १५ गते अ....
काठमाडौं, जेठ १३ : सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री युुवराज खतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम २०७६ जेठ १५ गते अपरान्ह ४ बजे घोषणा गरेका छन् तर प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते अपरान्ह ६ बजे बस्ने गरी स्थगित गरेका छन् ।
आजको बैठक सक्नुअघि उनले बजेट प्रस्तुत गर्ने कार्यक्रम ४ बजे भएकाले जेठ १५ गते पौने ४ बजे नै बैठकमा उपस्थित हुन समेत अनुरोध गरेका थिए । प्रष्ट बुझिन्छ– सभामुख महराले अर्को बैठक जेठ १५ गते ४ बजे बस्ने गरी बैठक स्थगित गर्न खोजेका हुन् तर लेखेको पढ्दा गल्ती पढे, ‘ जेठ १५ गते अपरान्ह ६ बजे बस्ने गरी बैठक स्थगित हुन्छ ।’
सभामुख महरा लेखेको पढ्न बार–बार चुक्ने गरेका छन् । यसअघि महराले गत माघ ११ गते चिकित्सा शिक्षा विधेयक पारित गराउँदा ‘हुन्न भन्ने पक्षमा बहुमत पुगेकाले’ भनेर पढेका थिए । उनले ‘हुन्छ भन्ने पक्षमा बहुमत पुगेकोले’ भन्नुपर्ने ठाउँमा आत्तिएर पढ्दा ‘हुन्न भन्ने पक्षमा बहुमत पुगेकोले’ भनेका थिए।
जुन पछि संसद् सचिवालयलाई सच्याउन लगाएका थिए । संसद् सञ्चालनको लाइभ भिडियो यु-ट्युब च्यानलमा गइसकेकोले त्यो भने सच्याउन मिल्दैन।
याे पनि पढ्नुहाेस् : ‘हुन्न’लाई ‘हुन्छ’ बनाउन सभामुखको आदेश






