Kathmandu Press

केरुङ नाका तत्काल सहज बनाउन कांग्रसको माग

काठमाडौं, फागुन  २ : रसुवाकाे केरुङ नाकाबाट आयात-निर्यात सहज बनाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति निकाल्दै...
केरुङ नाका तत्काल सहज बनाउन कांग्रसको माग

काठमाडौं, फागुन  २ : रसुवाकाे केरुङ नाकाबाट आयात-निर्यात सहज बनाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति निकाल्दै व्यवसायी मर्कामा परेको र राजश्व संकलनमा पनि असर परेको भन्दै चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गर्ने क्रममा सरकारले केरुङ नाका पनि बन्द गरेको थियो ।

२०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको थियो । अहिले स्थिति सहज बने पनि थोरै संख्यामा मात्र कन्टेरलाई प्रवेश दिइँदा व्यवसायी मर्कामा परेका छन् ।

प्रकाशित मिति: ११:५८ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्