Kathmandu Press

सगरमाथामा ‘ट्राफिक जाम’ले मात्रै आरोहीको मृत्यु भएको होइन : विभाग

काठमाडौं, जेठ १३ : ट्राफिक जामले मात्रै सगरमाथालगायत अन्य हिमाल आरोहीको मृत्यु नभएको पर्यटन विभागले जनाएको छ।

विभागले विज्ञप्ती जारी गर्दै ह....

सगरमाथामा ‘ट्राफिक जाम’ले मात्रै आरोहीको मृत्यु भएको होइन : विभाग
प्रोजेक्ट पोसिबल

काठमाडौं, जेठ १३ : ट्राफिक जामले मात्रै सगरमाथालगायत अन्य हिमाल आरोहीको मृत्यु नभएको पर्यटन विभागले जनाएको छ।

विभागले विज्ञप्ती जारी गर्दै हिमालमा अनेक प्रतिकूलताका कारण आरोहीको मृत्यु हुने गरेको जनाएको छ। ट्राफिक जामका कारणले मात्रै मृत्यु भएको भन्ने आशयका समाचारले सगरमाथाको महत्व र गरिमामा आँच आउने उल्लेख गर्दै आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान हुने जनाएको छ।

यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र फर्कने क्रममा १६ जनाको मृत्यु भइसकेको छ। सगरमाथामा मात्रै आठ जनाको मृत्यु भएको विभागले जनाएको छ ।
विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि एक १६ आरोहण टीमका आठ सय ९५ जनाले अनुमति लिएका छन्।

विभागले सगरमाथामा मौसम खराब हुँदा ट्राफिक जाम भएको जनाएको छ। विभागका अनुसार मे १४ मा सगरमाथामा डोरी टाग्ने काम पूरा भएको थियो।

त्यसपछि मे १६ सम्म मौसम अनुकूल थियो। त्यो समयमा थोरै मात्र आरोही चुुचुरोमा पुग्न सके। त्यसपछि मौसम प्रतिकूल भयो। त्यो समयमा कोही पनि चुचुरोमा पुग्न सकेनन्।

फेरि मे २१ बाट मौसम अनुकूल हुन थालेपछि आरोहीले चुुचुरोमा पुग्ने योजना बनाएका थिए। तर, द्रुत हावाका कारण दुई रात चौथो शिविरमै बस्न पर्‍यो।

त्यसपछिका दिनमा चौथो शिविरमाथि भिड लागेको विभागले जनाएको छ।

 

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, जेठ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्