Kathmandu Press

नारायणी सिँचाइको जमिन व्यक्तिको नाममा, छानबिन गर्न जिप्रकामा उजुरी  

काठमाडौं, फागुन १ :   नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जको जमिन हिनामिना भएको छ ।  ३० करोडभन्दा बढी मूल्यबराबरको सात कट्ठा १५ धुर सरकारी...
नारायणी सिँचाइको जमिन व्यक्तिको नाममा, छानबिन गर्न जिप्रकामा उजुरी  

काठमाडौं, फागुन १ :   नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जको जमिन हिनामिना भएको छ ।  ३० करोडभन्दा बढी मूल्यबराबरको सात कट्ठा १५ धुर सरकारी जमिन हिनामिना भई व्यक्तिको नाममा दर्ता भएकाले छानबिन गर्न माग गरिएको छ ।     

वीरगन्ज महागनरपालिका–१४ मा रहेको उक्त कार्यालयको कम्पाउन्डभित्रको पूर्वपट्टिको सात कट्ठा १५ धुर जमिन मालपोत कार्यालय पर्साबाट व्यक्तिको नाममा दर्ता भएकाले जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरीसमेत गरिएको छ ।     

वीरगञ्जका जहरुद्दिन अन्सारीको नाममा मालपोत कार्यालय पर्साबाट २०६३ सालमा उक्त जमिन दर्ता भएको र उनले लिखित रुपमा दाबी गरेपछि सो कार्यालयले सत्यतथ्य छानबिनका लागि प्रशासन कार्यालयमा उजुरी गरेको जनाएको छ ।     

जमिनको मूल्य बढेको र अन्सारीको दाबीसमेत भएपछि सिँचाइ कायालयका प्रमुख प्रशुन मिश्रले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङसमक्ष जमिनको सुरक्षा माग गरेका छन् ।

कार्यालय प्रमुख प्रशुनका अनुसार उक्त सिँचाइ कार्यालयको त्यहाँ १० बिघाभन्दा बढी जमिन रहेको त्यसमध्ये सात कट्ठा १५ धुर जमिन पनि कार्यालयको रहेको प्रमाणसहित दाबी गरिएको छ । त्यो सम्पूर्ण जमिन २०३२ सालमा मुआब्जा दिएर खरिद भएको उनले लिखित प्रमाण देखाए ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार तत्कालीन नेपाल सरकारद्वारा २०३० सालका नेपाल राजपत्र भाग ३ मा जग्गा प्राप्ति ऐन २०१ अनुसार साबिक जिल्ला वारा वहुअरी गाउँपञ्चायत वडा नं ७ को कित्ता नं ०४ को सात कट्ठा १५ धुर जग्गा साबिक कार्यालय नारायणी अञ्चल सिँचाइ विकास योजनाको घरहरु निर्माणको निमित्त उक्त ऐन र जग्गा प्राप्ति नियम २०२६ बमोजिम क्षतिपूर्ति पाउने सूचना प्रकाशित भएको थियो र खरिद भएको थियो । –रासस

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, फागुन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्