२०७८ लाई सडक बालबालिकामुक्त देश घोषणा गर्ने सरकारको तयारी
काठमाडौं, फागुन १ : नेपाल सरकारले २०७८ लाई सडक बालबालिकामुक्त देश घोषणा गर्ने तयारी गरेको बताइएकाे छ । नेकपाद्वारा बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै...
काठमाडौं, फागुन १ : नेपाल सरकारले २०७८ लाई सडक बालबालिकामुक्त देश घोषणा गर्ने तयारी गरेको बताइएकाे छ । नेकपाद्वारा बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ लाई सडक बालबालिकामुक्त देश घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
उनले भने, ‘अब सडकमा बालबालिका भेटिँदैनन् । २०७८ लाई भीखमगा नभएको देशका रुपमा घोषणा गर्छौं ।’
उनले अभिभावकविहीन बालबालिकाकाे अभिभावक सरकार भएकाे बताए । उनले भने, 'जसकाे अभिभावक छैन, त्यसको अभिभावक सरकार छ ।’
त्यस्तै, ओलीले अनाथ बालबालिकाको हेरचाह, शिक्षादीक्षा सरकारले गर्ने बताए ।
प्रकाशित मिति: १६:२४ बजे, शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











