बुद्ध एयरको आजदेखि काठमाडौं-कोलकत्ता उडान
काठमाडौं, जेठ १३ : बनारस उडान गर्दै आएको निजी वायुसेवा कम्पनी बुद्ध एयरले आजदेखि कोलकत्ता उडान सुरु गरेको छ।
बुद्ध एयरले काठमाडौं–कोलक....

काठमाडौं, जेठ १३ : बनारस उडान गर्दै आएको निजी वायुसेवा कम्पनी बुद्ध एयरले आजदेखि कोलकत्ता उडान सुरु गरेको छ।
बुद्ध एयरले काठमाडौं–कोलकत्ताको भाडादर दुईतर्फी २२ हजार रुपैयाँ मात्रै तोकेको छ। कम्पनीले कोलकत्तामा साताको तीन वटा उडान गर्नेछ।
भारतको तेस्रो गन्तव्य भने काठमाडौं–गुवाहटी सीधा उडान गर्न लागेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए। नेपाल र भारतको पर्यटन प्रवद्धनका लागि कोलकाता उडान गर्न लागेको बस्नेतले बताए।
भारतमा घुम्नकै लागि जाने नेपालीको संख्या ठूलो रहेको र त्यसलाई लक्षित गरेर कम्पनीले नयाँ गन्तब्यमा उडान गरिरहेको उनको भनाइ छ। ‘नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्राय वैदेशिक रोजगारलाई लक्षित गरेर हुने गरेको छ। तर हामीले पर्यटन प्रवद्र्धनको लक्षित गरेर उडान गरिरहेका छौं,’ बस्नेतले भने।
कोलकाता उडान विस्तारको लागि कम्पनीले विभिन्न पर्यटकीय गन्तब्य छनोट गरी आकर्षक टुर प्याकेज बनाउन सुरु गरिसकेको बस्नेतले बताए। एटिआर ७२ मार्फत गर्न लागिएको कोलकाता उडानका लागि अधिकतम ६५ जना यात्रु चढ्न सक्ने क्षमता रहेको छ।
यो गन्तब्यका लागि उडान समय एक घण्टा ३० मिनेटको हुनेछ। बुद्धले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने छ।
कम्पनीले कोलकात्ता उडान लगत्तै भारतको गुवाहटी उडान योजना बनाएको बताउँदै उनले काठमाडौं–गुवाहटी सीधा उडानका लागि प्रकृया सुरु गरिसकेको जानकारी दिए। उनका अनसुरा गुवाहटी सातामा दुई वटा उडान गर्ने लक्ष्य राखिएको छ। अहिले भने साथमा दुई दिन वनारस उडान गरिरहेको छ।
‘कोलकत्ता र गुवाहटीमा सिधा उडान हाम्रो परिक्षण हो। आउँदो नोभेम्बरसम्म नतिजा विश्लेषण गरेर भारतमा नयाँ गन्तव्यहरुमा समेत जाने छौं,’ बस्नेतले भने।
त्यस्तै, भारतको अमृतसार, चन्द्रिगढलगायत अरु विभिन्न गन्तब्यमा विस्तारका लागि अध्ययन भइरहेको जनाएको छ।











