Kathmandu Press

ट्रक र  माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् ।दुर्घटनामा छ घाइते भएका छन् ।
ट्रक र  माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ,  फागुन १ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा  ट्रक र  माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् ।दुर्घटनामा छ घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
 
प्रकाशित मिति: १३:४९ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्