Kathmandu Press

अवैध रुपमा ल्याइएको सुनचाँदीसहित दुई युवक पक्राउ

काठमाडौं, माघ ३० : गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिइने बताएका छन्।सोनाम ल्होसार २८५७ को अवसरमा आज...
अवैध रुपमा ल्याइएको सुनचाँदीसहित दुई युवक पक्राउ

दाङ, माघ ३० : अवैध ल्याइएको सुनचाँदीसहित दाङ प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

तुलसीपुर उप–महानगरपालिका १७ बनकट्टा घर भई हाल घोराही उपमहानगरपालिका–१५ दिपशिखा रोडमा बस्ने २५ वर्षीय प्रकाश डाँगी र भारतको उत्तर प्रदेशस्थित बलरामपुर घर भई हाल प्रकाशसँगै बस्ने  ३५ वर्षीय  पंकज कुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई घोराही उप–महागरपालिका ३ गोग्लीमा अवैध रुपमा सुनचाँदीको ओसारपसार गरी रहेको सूचनाको आधारमा पक्राउ गरिएको हो।

उनीहरुबाट चार वटा सुनका डल्ला बरामद गरिएको छ। त्यसको मूल्य १६ लाख ६९ हजार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताए। त्यस्तै, एक किलोग्राम पाँच सय ग्राम चाँदी पनि बरामद गरिएको छ।

दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्