Kathmandu Press

भागरथी बलात्कार–हत्याको दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, माघ ३० : नेपाली कांग्रेसले भागरथी भट्ट बलात्कार–हत्याको  अनुसन्धान तीव्र बनाउन र  दोषी अविलम्ब पक्राउ  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  माग गरेको छ ।...
भागरथी बलात्कार–हत्याको दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, माघ ३० : नेपाली कांग्रेसले भागरथी भट्ट बलात्कार–हत्याको  अनुसन्धान तीव्र बनाउन र  दोषी अविलम्ब पक्राउ  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  माग गरेको छ । नेपाली कांग्रेसले आज विज्ञप्ति निकालेर सो घटनाको अनुसन्धान तीव्र पार्न र दोषीलाई पक्राउ गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको हो ।

‘अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्व पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्रीसमक्ष माग गर्दछ ।’

कांग्रेसले निर्मला पन्त प्रकरणका दोषी पत्ता नलागेको विषयमा चासो देखाएको छ ।  महिला  हिंसा र बलात्कारका घटना  बढेकाले  राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन आश्यक रहेको कांग्रेसको ठम्याइ छ ।  

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्