Kathmandu Press

थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

त्यस्तै, पछिल्लो चौबीस घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ ।
थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ३० : पछिल्लो चौबीस घण्टामा १२७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै, पछिल्लो चौबीस घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७९ जना छन् भने आइसोलेसनमा एक हजार ७०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५४ पुगेको छ ।
 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्