सुनचाँदी कालिगढलाई प्रोत्साहित गर्न अक्षयकोष
शुभगुरु सुनचाँदी गृहका सञ्चालकद्वय सूर्य बराल र राधा गुरुङले आफूहरूको २५औँ विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेशन स्थापना गरेको हो।
काठमाडौं, माघ ३० : सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सिप विकास गर्ने उद्देश्यले अक्षयकोष स्थापना भएको छ । शुभगुरु सुनचाँदी गृहका सञ्चालकद्वय सूर्य बराल र राधा गुरुङले आफूहरूको २५औँ विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेशन स्थापना गरेको हो।
फाउण्डेशन स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सिप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु सुनचाँदी क्षेत्रका लागि महत्वपूर्ण थालनी भएको बताए।
फाउण्डेशनका संयोजक सूर्य बरालले अक्षयकोषमार्फत सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढको ज्ञान, सिप, कला र विज्ञताको सम्मान गर्दै आधुनिक औजार खरिद गर्न सहयोग गरिने बताए । उनले गरिब, पिछडिएका र द्वन्द्व पीडित वर्गका कालिगढलाई सिप सिक्न छात्रवृत्तिसमेत उपलब्ध गराइने बताए ।

अभिषेक ज्वेलर्सका संस्थापक अध्यक्ष यामबहादुर गुरुङले सुनचाँदी व्यवसायका क्षेत्रमा आबद्ध कालिगढको क्षमताको उचित मुल्यांकन नभएको अवस्थामा फाउण्डेशनको प्रयास कोशेढुंगा हुने बताए।
पूर्वसांसद डेडराज खड्काले सुनचाँदी व्यवसायलाई अझ परिस्कृत, व्यवािसयक र सम्मानित बनाउन फाउण्डेशनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । फाउण्डेशनले कालिगढको सिप विकासका लागि दश लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।










-1754206481.jpg)
