Kathmandu Press

ग्याल्पो ल्होसारमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मको शुभकामना

ग्याल्पो ल्होसारमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मको शुभकामना

काठमाडौं : हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष च्यामो लाङ ल्हो (गोरु बर्ष)–२१४८ औं ग्याल्वो लोसार २०७७का  अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामूख अग्नीप्रसाद सापकोटा लगायतले शुभकामना दिएका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

‘सबै जातजातिको सम्मानजनक उपस्थिती र पहुँच स्थापना गर्दै समृद्ध नेपालनिर्माणको अभियानमा हामी छौं । वहुरंगी संस्कृतिकाधनी नेपालयी नै विभिन्नआस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धी हातलाग्ने कुरामादुइमत छैन,’ राष्ट्रपति विद्यादेवी भण्डारी ल्होसारको शुभकामना दिँदै भनेकी छिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले जारी गरेको शुभकामना सन्देशमा हिमाल आरोहण तथा पर्यटनको माध्यमबाट विश्वलाई नेपाली चनाउने पहिलो शक्ति शेर्पा रहेको उल्लेख गरेको छ । त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघले ग्याल्वो ल्होसारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले अपरिपक्क रुपमा मन लाग्दा विदादिने नलाग्दा खारेज गर्ने गरेको भन्दै आपत्ति जनाएको छ ।

यसैगरी नेपाल शेर्पा संघले एक शुभकामना सन्देश जारी गर्दै ल्होसारले पहिचान र अधिकार स्थापितगर्ने मार्गको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा ‘सरकारले हिमालीआदिवासी शेर्पाहरुको मूख्यपर्वको तीथिविगारेर अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

                                        

 

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्