६ सय रुपैयाँले सस्तियो सुनको मूल्य
काठमाडौं, माघ ३० : स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९१ हजार ५ सय...
काठमाडौं, माघ ३० : स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य शुक्रबार ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। महासंघले आजकालागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ। बिहीबार १३१५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १३२० रुपैयाँ कारोबार मूल्य कायम भएको छ।
प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
