Kathmandu Press

नेपाल-भारत सीमा सञ्चालनको पहलका लागि कांग्रेस सभापति देउवालाई आग्रह

काठमाडौं, माघ ३० : कपिलवस्तु क्षेत्र नम्बर ३ कांग्रेस सांसद अभिषेकप्रताप शाहले नेपाल-भारत सीमा पूर्ववत् सञ्चालनको पहल गरिदिन पार्टी सभापति शेरबहादुर देउवालाई लिखित आग्रह गरेका छन्।
नेपाल-भारत सीमा सञ्चालनको पहलका लागि कांग्रेस सभापति देउवालाई आग्रह
Hardik ivf

काठमाडौं, माघ ३० : कपिलवस्तु क्षेत्र नम्बर ३ कांग्रेस सांसद अभिषेकप्रताप शाहले नेपाल-भारत सीमा पूर्ववत् सञ्चालनको पहल गरिदिन पार्टी सभापति शेरबहादुर देउवालाई लिखित आग्रह गरेका छन्।

शुक्रबार सभापति देउवालाई सांसद शाहले बुझाएको पत्रमा कोभिड-१९ विरुद्ध खोप आइसकेको सन्दर्भमा सीमामा आवतजावत करिब एक वर्षदेखि बन्द रहेको स्मरण गराइएको छ। त्यसबाट सीमा क्षेत्रको आर्थिक र सांस्कृतिक गतिविधि ठप्प रहेकाले पूर्ववत् सञ्चालन आवश्यक रहेको पत्रमा उल्लेख छ।

‘लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, स्वर्गद्वारीलगायत नेपालका धार्मिक पर्यटकीय स्थलहरूमा भारतीय पर्यटकको आवागमन रोकिएको छ। र, देशको पर्यटन व्यवसायमा ठूलो नोक्सानी भइरहेको छ,’ पत्रमा भनिएको छ, ‘त्यसैले निजी तथा सार्वजनिक सवारी साधनहरू नियमपूर्वक निर्वाध सञ्चालनको पहलका लागि कपिलवस्तुवासीका तर्फबाट आग्रह गर्छु।’
 

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्