काठमाडौंको घट्टेकुलो र सुकेधारामा विष्फोट, तीन जनाको मृत्यु (अपडेट)
काठमाडौं, जेठ १२ : काठमाडौंको घट्टेकुलो र सुकेधारामा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। विष्फोटमा परी अन्य ५ ....
काठमाडौं, जेठ १२ : काठमाडौंको घट्टेकुलो र सुकेधारामा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। विष्फोटमा परी अन्य ५ जना घाइते भएका छन्।
आइतबार अपरान्ह सुकेधाराको ढलाने पुलनजिकै र घट्टेकुलोमा भएको सिलिन्डर विष्फोट परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एवं डिआईजी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार सुकेधारमा भएको विष्फोटमा दुई र घट्टेकुलोको एक जना गरी तीन जनाको मृत्यु भएको छ।

घाइतेहरुको त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
घटनाबारे अनुसन्धान सुरु गरिएको बोगटीले जानकारी दिए। सिलिन्डर विस्फोट कसले गराएको हो भन्नेबारे खुल्न सकेको छैन।








