काठमाडौंका दुई स्थानमा विस्फोट
काठमाडौं, जेठ १२ : काठमाडौंको घट्टेकुलो र सुकेधारामा ग्यास सिलिन्डर विस्फोट भएको छ।
आइतबार अपरान्ह सुकेधाराको ढलाने पुलनजिकै र घट....
काठमाडौं, जेठ १२ : काठमाडौंको घट्टेकुलो र सुकेधारामा ग्यास सिलिन्डर विस्फोट भएको छ।
आइतबार अपरान्ह सुकेधाराको ढलाने पुलनजिकै र घट्टेकुलो चोकमा ग्यास सिलिन्डर विस्फोट भएका हुन्। सिलिन्डर विस्फोटमा परी ८ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार सुकेधारामा भएको विस्फोटमा ६ र घट्टेकुलोमा २ गरी ८ जना घाइते भएका छन्। सिलिन्डर कसले विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बोटगीले बताए। घटनाको थप विवरण भने आउन बाँकी छ।
प्रकाशित मिति: १७:२० बजे, आइतबार, जेठ १२, २०७६
थप समाचार






