Kathmandu Press

वसन्तपुरबाट आज वृहत् महिला मार्च हुँदै

काठमाडौं, माघ ३० : शुक्रबार (आज) दिनको दुई बजे वृहत नागरिक आन्दोलनले महिला मार्च गर्दै छ।महिलामाथि  बढ्दो हिंसा, बलात्कार जस्ता जघन्य घटनाहरुको विरोध...
वसन्तपुरबाट आज वृहत् महिला मार्च हुँदै

काठमाडौं, माघ ३० : शुक्रबार (आज) दिनको दुई बजे वृहत नागरिक आन्दोलनले महिला मार्च गर्दै छ।
महिलामाथि  बढ्दो हिंसा, बलात्कार जस्ता जघन्य घटनाहरुको विरोध गर्दै मार्च निकाल्न लागिएको हो। मैना सुनुवारदेखि, भागरथी भट्टको बलात्कारपछि हत्या भएको विरोधमा मार्च गर्न लागिएको वृहत् नागरिक आन्दोलनले जनाएको छ। 

मार्चमा वृहत नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता साह, प्रकृति भट्टराई बस्नेत, रिता परियारलगायतको महिला समूहले बसन्तपुर दरबार स्क्वायरबाट सहभागी हुनेछन्। 
बसन्तपुर दरबार स्क्वाएरमा भेला भई न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा टुगंयाइने वृहत् नागरिक आन्दोलनले जानकारी दिइएको छ।  
‘समाजमा दोस्रो दर्जा तोक्यौ, संविधान न्यायसंगत हुन दिएनौ। राज्य फेरिएको दाबी गर्याै, हाम्रो नियती फेर्न दिएनौ। ए पितृसत्ताका रक्षकहरु हो, नयाँ खोलमा पुराना नंग्रा कतिञ्जेल लुकाउँछौं?,’ वृहत नागरिक आन्दोलनले जारी गरेको वक्त्तव्यमा उल्लेख गरिएको छ, ‘हामी सडकबाट चुनौती दिन्छौं – एकपछि अर्काे बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्काे बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौ?’
यसअघि वृहत नागरिक समाजले बालुवाटार र शितल निवास मार्च गरिसकेको छ। 
 

प्रकाशित मिति: १०:२२ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्