Kathmandu Press

लगानीकर्ता बैंकमा झुम्मिदा पनि नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, माघ २९ : शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको...
लगानीकर्ता बैंकमा झुम्मिदा पनि नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, माघ २९ : शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ।

बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६.११ ले घटेर दुई हजार ५२६.९२ मा ओर्लेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ बिन्दुले घटेर ४६३.४७ मा ओर्लेको छ।

कूल २०८ कम्पनीको एक करोड ६० लाख ५८ हजार चार सय ५८ कित्ता शेयर आठ अर्ब ४१ करोड १७ लाख ३२ हजारमा कारोबार भए। नेप्से ओरालो लाग्दा बजार पूँजीकरणमा समेत प्रभाव परेको छ। साताको अन्तिम दिन आज कूल ३४ खर्ब ६ अर्ब १७ करोड ४९ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ।

कारोबार भएकामध्ये कूल तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ। बैंकिङ १०.७९, विकास बैंक २०.१४ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ। यस्तै व्यापार ४०.५९, होटल ४२.८५, जलविद्युत् २५.८५, वित्त १८.४६, निर्जीवन बीमा २०७.२२, उत्पादन १०९.८५, अन्य २२.०८, लघुवित्त १२८.०५ र जीवन बीमा २१४.३९ बिन्दुले घटेको छ।

कारोवारका आधारमा आज डिप्रोक्स लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ५६ करोड ६३ लाख २९ हजार ८१८ बराबरको कारोवार भयो।

यस्तै नवील बैंक रु ३८ करोड ४० लाख ५४ हजार ४५४, कुमारी बैंक रु ३२ करोड ३३ लाख १४ हजार १४२, प्रभु बैंक रु ३० करोड ३० लाख ४० हजार ८६४, ग्लोबल आइएमई बैंक रु २७ करोड ८२ लाख २७ हजार ७२१, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८२ लाख २८ हजार ८२८, एनआइसी एशिया बैंक रु २० करोड ६७ लाख ६७ हजार ४१५ र शिखर इन्स्योरेन्स रु १८ करोड ६९ लाख २९ हजार ९८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

कारोवारका आधारमा चन्द्रागिरि हिल्स ५.०३, लुम्बिनी विकास बैंक चार, ज्योति विकास बैंक ३.९८, अरुण भ्याली हाइड्रोपावर ३.५६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४१ प्रतिशतले कमाए। यस्तै सपोर्ट माइक्रोफाइनान्स १०, डिप्रोक्स लघुवित्त ९.९९, आइएमई जनरल इन्स्योरेन्स ७.६०, गरिमा विकास लघुवित्त ६.५६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ६.१८ प्रतिशतले गुमाए। (रासस)

प्रकाशित मिति: १९:३२ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्