Kathmandu Press

गंगामायाको जीवन रक्षाका लागि मानवअधिकार आयोगको आग्रह

काठमाडौं, माघ २९ : अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि गम्भीर हुन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ।बिहीबार आयोगका अध्यक्ष तपबहादुर...
गंगामायाको जीवन रक्षाका लागि मानवअधिकार आयोगको आग्रह

काठमाडौं, माघ २९ : अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि गम्भीर हुन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ।

बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोली गंगामायाको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेको थियो। टोलीले गंगामायाको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग भेटघाट गरेको छ।

चिकित्सकहरुसँगको छलफलपछि आयोगको टोलीले जुनसुकै वेला पनि गंगामायाको स्वास्थ्यमा समस्या आउनसक्ने जनाउँदै आईसीयूमा राखेर उपचार गर्न निर्देशन दिएको छ। टोलीले जीवन जोखिममा राखेर आमरण अनशनको बाटो नरोज्न पनि गंगामायासँग आग्रह गरेको छ।

उनी छोराको हत्यामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै अनशनमा बसेकी छिन्। उनको अनशनको दुई महिना पुग्न लागेको छ।

 

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्