Kathmandu Press

चौतर्फी विरोधपछि रामकुमारी झाँक्री रिहा

राज्यविरुद्धको कसुर आरोपमा बिहीबार अपराह्न पक्राउ परेकी नेकपा केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ।
चौतर्फी विरोधपछि रामकुमारी झाँक्री रिहा

काठमाडौं, माघ २९ : राज्यविरुद्धको कसुर आरोपमा बिहीबार अपराह्न पक्राउ परेकी नेकपा केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ।

चौतर्फी विरोधपछि सरकार उनलाई रिहा गर्न बाध्य भएको हो । उनलाई बिहीबार अपराह्न १ बजे पक्राउ गरिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्