Kathmandu Press

तारकेश्वरमा देखियो बर्डफ्लु पुष्टि

काठमाडौं, माघ २९ : काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ। तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान...
तारकेश्वरमा देखियो बर्डफ्लु पुष्टि

काठमाडौं, माघ २९ : काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ। 

तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए। 

केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो। बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ। बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए। 

केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका  किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो। बर्डफ्लु पुष्टि भएपछि  १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो। 

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, माघ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्