कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
काठमाडाैं, माघ २९ : नेपालमा कोरोना संक्रमणबो कारण थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर पाँच जनाको मृत्यु...
काठमाडाैं, माघ २९ : नेपालमा कोरोना संक्रमणबो कारण थप ५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर पाँच जनाको मृत्यु भएको हो।
योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ।
त्यस्तै, बिहीबार तीन हजार २३ जनामा गरिएको परीक्षणमा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये ३२ महिला र ४४ पुरुष रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ४२३ पुगेको छ।
यो अवधिमा देशभरबाट १११ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुनेको दर ९८.६ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











