Kathmandu Press

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २९ : नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर गरिएको तीन हजार २३...
थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २९ : नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर गरिएको तीन हजार २३ परीक्षणमा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये ३२ महिला र ४४ पुरुष रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ४२३ पुगेको छ। 

यो अवधिमा देशभरबाट १११ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ। 

मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुनेको दर ९८.६ प्रतिशत रहेको छ। 
 

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्